भोजपुरमा हप्ताको एक दिन पसलहरु बन्द गर्ने निर्णय

भोजपुर । भोजपुरमा शुक्रबार सदरमुकामका पसलहरु बन्द हुने  भएको छ । भोजपुर उद्योग वाणिज्य संघ भोजपुरको पहलमा व्यावसायीहरुसंगको भेलाबाट हप्तामा एक दिन व्यावसायीक विश्राम लिने सहमती भएपछि शुक्रबार पशल बन्द गर्ने निणर्य गरेको उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तानले बताए ।

वजार क्षेत्रमा रहेको २ सय ८७ पसलमा सर्वेक्षण गर्दा २ सय ५२ पशलले बन्द गर्नु पर्छ भन्ने सल्लाहा आए पछि असार ८ गतेबाट प्रत्येक हप्ताको शुक्रबार पसल बन्दा गर्ने निणर्य भएको अध्यक्ष मोक्तानले जानकारी दिए ।

शुक्रबार औषधि पसल, होटल, मनिट्रन्सफर दुग्धजन्य पसल, फलफुल पसल र मासु पसल भने खुल्ने उद्योग वाणिज्य संघ भोजपुरले जनाएको छ ।

भोजपुरमा यस अघि पनि हप्ताको एक दिन पसल बन्द गर्न सुरु गरिए पनि कसैले बन्द गर्ने कसैले खोल्ने भए पछि केहि समय पछि व्यावसायीहरुले बन्द गर्न छाडेका थिए । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार