भोजपुरमा पनि २० औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाईयो (फोटो फिचर सहित)

भोजपुर । भोजपुरमा पनि आज २० औँ राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि ज्ञान केन्द्र भोजपुरको आयोजनामा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ भोजपुर नगरपालिका वडा नं. ५ मा राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धूमधामका साथ दिवस मनाएका छन् ।

जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङ राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी नायव उपरिक्षक शरतकुमार थापा क्षेत्री, शसस्त्र प्रहरी बलका प्रहरी नायवउपरिक्षक दिनेश श्रेष्ठ लगायत सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधी तथा स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार