सवारी दुर्घटना न्यूनिकरण गर्न भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु

भोजपुर । ट्रफिक प्रहरी कार्यालय भोजपुरले पछिल्लो समय बढेको सवारी दुर्घटना न्यूनिकरण गर्न एक हप्ते सचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।

मानवीय कामजोरी र सडक अवस्थाकै करण दुर्घटना बढेकाले सवारी चालक र यात्रु  लक्षीत सचेतनामुलक अभियानलाई तीव्रता दिईएको जिल्ला ट्रफिक प्रहरी कार्यालय भोजपुरकमा प्रमखु नारद कुमार बस्नेतले बताए । भोजपुरमा यस आर्थिक वर्षमा २५ वटा सवारी दुर्घटनामा ५ जना मृत्यू भएका छन् भने २५ जना घाईते भएका छन् ।

यस आर्थिक वर्षमा ३ हजार २ सय सवारी साधनलनई कारवाहि गरिदा २० लाख १४ हजार ५ सय राजजस्व उठेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आज (मंगलबार) सुरु भएको टा«फिक सप्ताहा कार्यक्रममा शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक दिनेश श्रेष्ठ, उद्योग वानीज्यय संघका अध्यक्ष कर्ण मोक्तान, भोजपुर नगरपालिका वडा नं. ७ र ८ का वडा अध्यक्षहरु जय बहादुर तामाङ , नविन श्रेष्ठ लगायत यातायात व्यावसायी लगायत सरोकारवलाहरुको उयपस्थितीमा कार्यक्रम प्रभात फेरी संगै जिल्ला प्रहरी कार्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार