भोजपुरमा प्रहरी अपराधि जोगाउन लागेको पिडित पक्षको आरोप, न्याय नपाए आत्मादाह गर्ने चेतवानी

भोजपुर । भोजपुरमा पछिल्लो समय घटेका घटनाहरुमा प्रहरीले अपराधि जोगाउन खोजेको पिडित पक्षले आरोप लगाएका छन् । आज भोजपु नगरपालिकामा भएको जिल्ला भित्र घटेका ज्यान मार्ने उद्योय तथा अपराधिक घटना सम्वन्धि सरोकारवालाहरूको पत्रकार सम्मेलन मार्र्फत पिडीतहरुले यस्तो आरोप लगाएका हुन् । घटनाको सत्य तथ्य अनुशन्धान गरी वाहिर नल्याए आत्मादाहको चेतवानी समेत दिएका छन् । किटानी जाहेरी दिँदासमेत जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी शरत कुमार थापा क्षेत्रीले जाहेरी लिन नमानेको आरोप पिडितले लगाएका छन् ।

गत जेठ ९ गते जिल्लाको टेम्कैमैयुङ गाउँपालिका-९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएका सब-इन्जिनियर मन्दीप राईको हत्या भएको भन्दै उनका बुवा डा. ईश्वरकुमार राईले दिएको किटानी जाहेरी पनि क्षत्रीले लिन बेवास्ता गरेको आरोप लागेको छ। एसपीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलमार्फत जाँदा पनि बेवास्ता गरेको राईले बताए। ‘मेरो छोराको मृत्यु भवितब्य हो कि कर्तव्य? यति अनुसन्धान गरि पाऊँभन्दा प्रहरीले सहयोग गरेन’, राईले भोजपुर सदरमुकाममा मंगलबार भने, ‘मैले न्याय पाइनँ भने डीएसपी क्षत्रीको नाममा आत्मदाह गर्छु।’

प्रहरीले अनुसन्धान अगाडि नबढाएर उल्टै कसुरदारको मनोबल उकास्ने काम भइरहेकको उनले बताए। किटानीमा उल्लेखित व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थाल्न पनि उनले माग गरे । यही असार २४ गते भोजपुर नगरपालिका-१२ पैयाँपानी टक्सार निवासी १८ वर्षीय दिप्सन प्रधानको हत्या प्रकरणमा प्रहरीले मुद्दा कमजोर बनाएर अनुसन्धान गर्न खोजेको पीडित पक्षको आरोप छ।

गाउँबाट सिकार खेल्न जाऊँ भनेर ६ जनाले हत्या गरेको दाबी परिवारको छ। तर आरोपितमध्ये सुमन श्रेष्ठका भाइ डीएसपी क्षत्रीका भान्से भएकोले प्रहरी पनि उक्त घटनालाई ढाकछोपमा लागेको पीडितहरुले बताएका छन्। एकै जनालाई सबैको अपराध थोपरेर अन्य अभियुक्तलाई उन्मुक्ति दिन खोजेको दाबी दिप्सनका बुवा देवीप्रसाद प्रधानले गरेका छन्।

उनले ज्यानसम्बन्धी कसुर, हातहातियार खरखजानासम्बन्धी र वन्यजन्तुको चोरी शिकारी गरेको अभियोग लागेकाहरुलाई डीएसपी थापाले उन्मुक्ति दिन खोजेको बताए। उता जिल्लाको दक्षिणी आम्चोक गाउँपालिका-३ थिदिंखा निवासी गोविन्द कमरले छिमेकीको कुटपिटका कारण आत्माहत्या गरेको भन्दै आफन्तले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न खोज्दा डीएसपी क्षत्रीले नमानेको परिवारले जनाएको छ।

छिमकी पवित्रा राईको घरमा कुटपिट गरी गत असार ८ गते बायाङ प्रहरी चौकीमा मिलापत्रपछि फर्किएका कमरले कुटाईको पीडा र सामाजिक प्रतिष्ठामा आँच पुगेकोले आत्महत्या गरेको परिवारको दाबी छ। घटनाबारे उजुरी दर्ता गर्न जाँदा प्रहरी निरीक्षकले हप्कीदप्की गरेको परिवारजनले जनाएका छन्। उक्त घटनामा अहिलेसम्म जाहेरी दर्ता नभएकाले प्रहरी पनि अपराधी जोगाउन लागेको उनीहरुको भनाइ छ। यस प्रकरणमा तत्काल आत्महत्या दुरूत्साहनको जाहेरी दर्ता गरीदिन परिवारजनको माग छ।

यता घटनाको विषमा बुझ्दा गत जेठ ९ गते टेम्कैमैयुङ गाउँपालिका ९ लेखर्क र गोगनेस्थित राउते खोलाको पुल निर्माणमा खटिएको सब इन्जिनियर मन्दीप राईको घटनामा प्रत्यक्ष रुपमा रहेका स्काभेटर अप्रेटर सम्राट के.सी. सह अप्रेटर विष्णु भुजेल र पेटी कन्ट्याकमा काम गर्दै आएका वालम राईलाई पक्राउ गरी अनुशाधान थालिएको प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए । क्षेत्रीले उक्त घटना प्रति आफु पनि चिन्तीत रहेको बताउदै प्रहरीले अनुशन्धान गरिरहेको बताए । उनका अनुसार पोस्माटम र सिमेरा रिर्पोट आउन वाकी रहेको र उक्त रिपोट आए पछि थप अनुशन्धानमा सहज हुने बताए । उनले आफुलाई अनुशन्धान गर्न दिन आग्रह गर्दै घटनाको अनुशन्धान गरी सत्यतथ्य बाहिरा ल्याएर छाड्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार