भोजपुर—दिङ्ला सडक कालोपत्रे हुने भएपछि भोजपुर वासी हर्सित, अदालतको आदेशलाई स्वागत

भोजपुर । भोजपुर—दिङ्ला सडक कालोपत्रे स्थगित नगर्न अदालतले दिएको आदेशको स्वागत गर्दै भोजपुरवासी हर्सित भएका छन् । अदालतको निर्णय पछि सडकको पुर्वधार विकास कार्यालयले आसय पत्र निकाले पछि अदालतले सहि निर्णय गरेको भन्दै अदालतको निर्णयलाई स्वागत गरेका छन् ।

कांग्रेस, माओवादी, नेकपा एस, जसपा लगायतका गठबन्धन दल, उद्योग वाणिज्य संघ र नागरिक समाजको संयुक्त बैठकले सत्य, न्याय र जनताको पक्षमा फैसला गरेको भन्दै अदालतको निर्णयलाई स्वागत गर्दै गुणस्तर काम गराउन पनि लागि पर्ने बताएका छन् ।

उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले असार २४ गते बोलपत्रका प्रक्रिया र चरणहरु, पार गरी आर्थिक प्रस्ताव खोलि निवेदकले पेश गरेको गोप्य बोलपत्रको प्रस्तावित रकम सार्वजनिक भइसकेको अवस्थामा मन्त्रीस्तरीय निर्णयले आयोजना खारेज गर्ने गरेको विपक्षीहरूको कार्य प्रथम दृष्यमा नै गैरकानूनी एवम् बदनीयतपूर्ण देखिन आएको भन्दै अन्तिम टुंगो नलागेसम्म खारेजीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

भोजपुर—दिङ्ला अन्तर्गत भोजपुरदेखि तीनतले खण्डको ९९ करोड ७५ लाख र तीनतले दिङ्ला ९१ करोड बजेटमा सडक कालोपत्रे ठेक्काको आयोजना स्थगित गर्ने निर्णय गरेपछि गठबन्धन दल, नागरिक समाजले रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार