भोजपुर सदरमुकाममा रहेका ९ औषधि पशलहरुमा अनुगमन, नियमित प्रतिवेदन वुझाउन सुझाव

भोजपुर । भोजपुर सदरमुकाममा रहेका आठ वटा निजी औषधी पसल, र एउटा हस्पीटलमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु, जिल्ला अस्पताल भोजपुरका प्रमुख, स्वास्थ्य कार्यालय भोजपुरका प्रतिनिधि, उधोग बाणिज्य संघ, नागरिक समाज संचारकर्मी लगायत सरोकारवालाहरुले अनुगमन गरेका हुन् । अनुगमनमा औषधी पसल र अस्पतालहरुको नियमानुसार संचालन भए नभएको अनुगमन गरिएको हो ।

अनुगमन गर्दे प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमीरेले निजी औषधी पसल÷फार्मेसी÷अस्पतालहरुले औषधी पसलहरुमा बिक्रि वितरणका लागि राखिएका औषधी म्याद नाघे ननाघेको यकिन गरी म्याद नाघेका औषधीहरु बिक्रि वितरण नगर्न सचेत गराए । औषधि विक्रि वितरण गर्दा अनिवार्य दररेट उल्लेख गरी बिल दिन पर्ने, र लागु औषध Narcotic drugs) लगायत मनोरोग औषधीहरु (psychotropic drugs) को औषधी व्यवस्था विभागले तोके बमोजिम अभिलेख राखी मात्र बिक्रि वितरण गर्न पसलहरुलाई निर्देशन दिएको छ ।

तोकिए बाहेकका सेवाका लागि सेवाग्राहीलाई सेवा उपलब्ध भएका स्वास्थ्य संस्थामा प्रेषण गर्न जानकारी गराएको छ । सेवाग्राहीलाई दिइने सेवा र वितरण गरिने औषधी बारे प्रभावकारी रुपमा जानकारी गराउन पनी निर्देशन दिएको छ ।

घिमीरेले नियमानुसार औषधी व्यवस्था विभागमा दर्ता भइ इजाजत लिए नलिएको, नविकरण भए नभएको, सम्बन्धित स्थानिय तहमा दर्ता भए नभएको, पान नं लिए नलिएको, कर चुक्ता भए नभएको समेत अनुगमन गरी केही स्थानिय तहमा दर्ता हुन बाँकी फार्मेसीहरुलाई यथासिघ्र दर्ता गर्न निर्देशन दिए । सबै औषधी पसल÷फार्मेसी÷अस्पतालहरुलाई तोकिए बमोजिम अभिलेख राखी नियमित प्रतिवेदन तयार गरी बुझाउन समेत सुझाव दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार