पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो फिदिम नगरपालिका(२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

मृतकको सनाखत भएको छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार