अरुण गाउँपालिका वडा नंं. ५ ले गर्यो घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता बितरण

दिवस श्रेष्ठ
भोजपुर । भोजपुरको पुर्बी अरुण गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर मार्फत बितरण गरेको छ । वडाले चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट बितरण गरेको वडा नं ५ याकूका वडाध्यक्ष युवराज ढकालले बताए ।

आज (मंगलवार) भएको सामाजिक सुरक्षा भत्ता अरुण गाउपालिकाका उपाध्यक्ष विनिता ढकालको आतिथ्यमा वडा नं. ५ का अध्यक्ष युवराज ढकाल, प्रभु बैंक लिमिटेड प्याउली शाखाका शाखा प्रबन्धक डिकपाल राई, अरुण गाउँपालिका अन्तर्गतका कर्मचारीहरु, सुरक्षाकर्मी लगयतको उपस्थितिमा १ सय ४० जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको अध्यक्ष ढकालले बताए ।

भत्ता वितरण संगै अरुण गाउँपालिकले आ व २०८०÷०८१ का लागि नविकरणको कार्य समेत सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताईन । सोहि कार्यक्रम अन्तर्गत शारारिक अशक्तका कारण वडा कार्यालय सम्म आउन नसक्ने अपाङ्गता र अशक्त लाभ ग्राहीहरुलाई घरैमा पुगेर भत्ता वितरण गर्ने वडा अध्यक्ष ढकालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार