भोजपुरको चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १ स्थित चिर्खुवा हाईड्रोमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनीवार चिर्खुवा हाईड्रोमा काम गर्दै आईरहेका कामदार सर्लाही लालबन्दी नगरपालिका ३ का वर्ष १७ का सुशान्त चौधरीलाई हाईड्रो भित्र काम गर्ने क्रममा लाइन सट भइ अचानक करेन्ट लागेर घाइते भएका थिए।

घाईते चौधरीलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी दिङला लाने क्रममा उनको मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय भोजपुरले जानएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार