शिक्षा सम्बन्धी कानुन संशोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने भोजपुर प्याव्सनको चेतवनी


भोजपुर । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रने भोजपुर प्याव्सनको चेतवनी दिदै आन्दोलनको घोषण गरेका छन् । वुधवार भोजपुरको भिन्तुना होटलमा निजी विद्यालयका सञ्चालकहरु सहित प्याव्सनले पत्रकार सम्मेलन मार्फत चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन्।

प्याव्सनले आन्दोलनको कार्यक्रममा साउन २५ गते बुधबार पालिका, शिक्षा विकास तथा समन्वय एकाई, प्रदेश मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। साउन २६ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरक्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने र २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता आन्दोलन गर्ने प्याव्सन जिल्ला कार्या समितिका अध्यक्ष रमेश कुमार आलेले बताए ।

प्याव्सनले प्रेस विज्ञाप्ती जारी गर्दै सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको बताएछन् । सरोकारवालाले वर्षौ देखि शिक्षा ऐन संशोधन र निजी लगानीमा गरिएका शेक्षिक संस्थाहरुलाई व्यावस्थित र मर्यादित र लगानीको सुरक्षाको वारेमा आवज उठाउदै आएता पनि प्रस्तुत शुझावलाई वेवास्ता गरी प्रस्ताव गरिएको विधयेकमा पटकपटक छलफल नगरी शिक्षा मन्त्रालयले मन्त्री परिषदमा गर्नु दखद विष रहेको वताउदै मन्त्री परिषदबाट पास भएको प्रस्तावित विधेयकमानिजी लगानी तथा व्यावस्थापनमा सञ्चालन भएका शैक्षिक प्रतिस्ठानहरुको अस्तित्व नामेट पार्ने उदेश्यबाट अभिप्रेरित भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

‘यो विधेयक गैरसंवैधानिक, संविधान विपरीत, धारा २५ मा सम्पत्तिको हक र प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, व्यावसायिक आर्जन गर्ने, सम्पत्तिको अन्य कारोबार गर्ने उल्लेख छ। हाल कम्पनी अन्तर्गत सञ्चालनमा छौंरहेको निजी विद्यालय संविधानले सम्पत्तिको हकको ग्यारेन्टी गरेको छ। र, संविधानले कसैको पनि सम्पत्ति जबरजस्ती रुपले लिन पाउने अधिकार दिएको छैन‚ चाहे क्याबिनेटले पास गरोस् चाहे संसद्ले त्यो संविधान विपरीत भएको उनीहरुले बताएका छन् ।

के भने भिडियो पनि हेर्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार