प्रतिकित्ता २३९ रुपैयाँका दरले खुल्यो सन नेपाल लाइफको आईपीओ

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर ९आईपीओ० सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १ सयमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँका दरले प्राथमिक सेयरको बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता सेयर खुला भएको हो । यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुको आफ्नो खाता रहेको शाखा तथा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

चैत मसान्तसम्म सार्वजनिक कम्पनीको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ भने सञ्चित नाफा ८१ करोड रुपैयाँ बराबर छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार