प्रमित सिप्तुङ
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिीका स्थीत भोजपुरकै पहिलो गरस चीया उधोग सञ्चालनमा रहेको छ । नेपालको एक सय साठी बर्ष पुरानो ईतीहास बोकेको चिया खेती भोजपुरमा पनी गरस चिया उधोग खोली बिगत १२ बर्ष देखी राम्रो आम्दानी लिई रहेको छ । यस उधोगले राष्टीय चिया तथा कफी खेती बोर्ड बाट “क्वालेटी फ्रम द हिमालायस् नेपाल टि” को ट्रेडमार्क समेत पाई सकेको छ ।
चिया खेतीको राम्रो सम्भावना देखेपछी झापा बसाइसराई गईसकेका उद्योग सञ्चालक सहरमान गिरी भोजपुर फर्केर चीया खेती बिस्तार गर्न थालेका हुन् । हाल करीब एक सय तिस रोपनी जग्गामा चिया खेती गरी बार्षिक नौ लाख सम्म आम्दानी गर्ने गरेको संञ्चालक गीरी बताउछन् ।
उधोगले तिन जना स्थानीयहरुलाई नियमीत कर्मचारीको रुपमा राखेर रोजगारी प्रदान गर्दे आएको छ । चिया गोड्ने , नर्सरी बनाउने र टिप्ने जस्ता कामको सिजनमा अन्य सैयौ स्थानीयहरुले समेत रोजगार पाउने गरेको छ । बिहान बेलुका आफ्नो घरको काम भियाएर आफ्नै ठाउँमा काम गरेर पैसा कमाउन पाउँदा घर गर्जो टार्न सहज भए सँगै स्थानीयहरु पनी हर्सीत बनेका स्थानिय कामदार प्रतिराज राईको भनाई छ ।
उधोगमा अहिले अर्गानीक ग्रीन टी र अर्थडक्स चिया उत्पादन हुदै आएको छ जुन तराईका बिभिन्न डिपार्टमेन स्टोर्सहरु सँगै देस बिदेमा कोसेलीको रुपमा सप्लाई गर्ने गरेको छ । चिया खेतीले कृर्षी र पर्यटन दुबै क्षेत्रलाई जोड्ने भएको हुदा आन्तरीक तथा बाहय पर्यटनलाई जोड्न मुन्दुमार्ग समेत लाई ध्यानमा राखेर टेम्के फनपार्क एण्ड रिर्सोट होमस्टे यसै उधोगले संञचालनको तयार गरी असि प्रतिरत काम समापन गरीसको छ ।
एक करोड रुपैया लगानी गरी संन्चालनमा ल्याउन लागेको रिर्सोर्टले बिसेस गरी यहाका अर्गानीक खानेकुराहरु सँगै अर्गानीक बस्तु तथा सेवा प्रदान गर्ने उदेश्य राखेको छ ।
आप्नै लगानीमा संञ्चालन गर्दे आएको उधोग लाई थप ब्यवस्थीत र ब्यावसायिक बनाउन बार बार स्थानीय तह सँग बजेट माग गर्दापनी स्थानीय तहले कुर्ने पनी सहयोग नगरेको संञ्चालक को गुनासो गरे । रिसोर्ट दसैं तिहारको बीचमा सुचारु गर्ने सञ्चालक गिरीको भनाई रहेको छ