त्रिशूली बस दुर्घटना : ८ जनाको मृत्यु, १३ जनालाई काठमाडौं पठाइयो

धादिङ । काठमाडौंबाट म्याग्दी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा आठ यात्रुको मृत्यु भएको छ ।

सिकिस्त घाइते भएका १३ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । चार घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उद्धारका लागि प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय गजुरीका वरिष्ठ प्रहरी हवल्दार सूरवीर बुमीले जानकारी दिए ।

बस नदीमै खसेको हुँदा केही बगेको र केही बसमै च्यापिएको प्रहरीले अनुमान गरेको छ । नदीमा पानीको बहाव बढेकाले सहज रुपमा उद्धार गर्न कठिनाइ भइरहेको उद्धारकर्मीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार