नेपाल अन्तराष्ट्रिय तेक्वान्दोको अध्यक्षमा प्रबिण कार्की

पोखरा । नेपाल अन्तराष्ट्रिय आई।टी।एफ तेक्वान्दोको अध्यक्षमा भारी मतान्तरले प्रबिण कार्की बिजय भएका छन । गन्डगी प्रदेशको पोखरामा सम्पन्न महासंघको सातौं अधिवेशनमा प्रतिद्वन्दी अन्जु रावतलाई अत्यधिक मतले पछि पार्दै कार्की अध्यमा बिजयी भएका छन ।

जम्मा १ सय २२ मतदान भएकोमा कार्कीले ८० मत प्राप्त गर्दा प्रतिस्पर्धी अन्जु रावतले ४० मत प्राप्त गरेकी थिइन् । अध्यक्षमा कार्की सहित २५ सदस्यीय समिती निर्वाचित भएका छन । अध्यक्षमा कार्की निर्वाचित हुँदा उपाध्यक्षमा चतुरलाल चौधरी, उमेश राजथला र नीर बहादुर सारु निर्वाचित भएका छन भने वरिष्ट उपाध्यक्षमा वासुदेव भट्ट महासचिवमा घम बहादुर थापा सर्वसहमत निर्वाचित भएका थिए ।

सचिवमा मधेश प्रदेशकी अन्जना सिवाकोटी निर्वाचित भएका छन भने कोषाध्यक्षमाा बिक्रम बाठा मगर निर्वाचित भएका छन ।

यता सदस्यहरुमा निर्मला गुरुङ, राजेन्द्र धिमाल, चन्द्र बहादुर तामाङ, जितन थापा, सुदिप आचार्य, राजन रसाइली, बिजय पुन मगर, दिपक बिक, प्रेम कामु, अमृत श्रेष्ठ, आकशचन्द्र घर्ती मगर, सुरज लोहागुन, पुजा खुलाल मगर, दिलमाया गुरुङ, फतिमा बीबी र तुलसी थापा मगर निर्वाचित भएका छन ।

महासंघको अधिवेश १८ गते राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ुज्वालाु ले गर्नु भएको थियो । कार्यक्रममा नेपाल अन्तराष्ट्रिय तेक्वान्दोका पुर्व अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचीव अन्जन धमलाको विशिष्ट आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार