भोजपुरको टक्सारमा खुकुरी प्रहार दुई जना घाईते ५ जना प्रहरी नियन्त्रणमा

भोजपुर । भोजपु्रको टक्सारका खुकुररी प्रहार भएको छ । कृष्णजन्माष्टमी मेला भर्न गएका देउराली र टक्सारका युवाहरु विच हानाहान हुदा दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा भोजपुर नगरपालिका ९ का वर्ष २६ को अमुल राई र सोहि ठाउँ बस्ने वर्ष २८ का अनिल राई रहेका छन् ।

झगडमा संलग्न रहेका ५ जनालाई प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्ष विशाल लिम्भुले जानकारी दिए ।

घाईते भएका दुई जनालाई खुकुरीको टुप्पोले पछाडी ढाडमा समान्य चाेट लागेको बताईएको छ । घाईते भएकालाई जिल्ला अस्पताल भोजपुरमा उपचारका लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

देउराली र टक्सारका युवाहरुको पहिला सामाजिक संजालमा भनाभन भएको त्यसलाईनै लिएर झगडा भएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार