भोजपुर र दिङ्लामा आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

भोजपुर । भोजपुरमा आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम गरिएको छ । उक्त सचेतनामुलका कार्यक्रमलाई सम्वोधन गर्दै आत्महत्या बढ्दोरुपमा देखिन थालेकाले मनोसामाजिक परामर्शका बिषयहरुमा पनि ध्यान दिन जरुरी रहेको सहभागिहरुले बताएका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, भोजपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष जय कुमार तामाङ, जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर शिवजी रिजाल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दल कुमार राईलगायतले आत्महत्या जघन्य अपराध भएकाले यसको न्युनीकरणमा सवै पक्षले सचेतनामा जोड दिनु बताए । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार भोजपुरको तीन आर्थिक बर्षमा एक सय ५३ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले आर्थिक बर्ष २०७७र०७८, ०७८र०७९ र ०७९र०८० मा गरी प्रत्येक बर्ष ५१ जनाले गरी एक सय ५३ जनाले आत्महत्या गरेको बताउनुभयो । जसमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छ । बिष सेवन, हाम्फालेर र आत्महत्या गर्न बाध्य हुने परिस्थितीबाट समेत आत्महत्या गर्ने गरेको देखिएको प्रहरी निरीक्षक लिम्बुले जानकारी दिए ।

प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय भोजपुरले मातहतका प्रहरी कार्यालयहरुको समन्वयमा जिल्लामा आत्महत्या न्युनीकरणका लागि बिभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्दे आई रहेको निमित्त प्रहरी प्रमुख दल कुमार राईले बताए ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, स्थानीय, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । आत्महत्या रोकथाम सम्वन्धी चेतना मुलक नारा सहित भोजपुरको जिरोप्वाईन्टबाट र्‍याली सुरु गरी चारभञ्ज्याङमा पुगी कोणसभामा परिनत भएको थियो ।

यस्तै उक्त कार्यक्रम भोजपुरको दिङ्लामा पनि मनाईएको छ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी सहभागी र्‍याली आत्महत्या रोकथाम सम्वन्धी चेतना मुलक नारा सहित अरुण माध्यमिक विद्यालयवाट दिंला बजारको मुख्य चोक हुँदै षडानन्द नगरपालिकाको कार्यालय पुगेर टुङ्गिएको थियो ।

आशा जगाऔं, जीवन बचाऔं भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सम्वोधन गर्दै षडानन्द नगरपालिकाका उपमेयर प्रमिला राईले आत्महत्या रोकथाममा सवैले आ आफ्नो ठाउँवाट भूमिका खेल्नुपर्ने विचार राखिन । उनले यस्ता कार्यक्रम माथिल्लो निकायवाट स्थानिय स्तर सम्म आयोजना गरिनुपर्ने पनि वताईन् । कार्यक्रममा विभिन्न चेतनामुलक प्लेकार्ड सहित र्‍यालि निकालिएको थियो ।

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहेका छन् । पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो । नेपाल प्रहरीलेआत्महत्याका घटना बढ्दो क्रममा रहेको बताएको छ।

गत आर्थिक वर्षमा मात्रै झण्डै सात हजारले आत्महत्या गरेका थिए । विसं २०७० मा चार हजार पाँच सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९९८० मा सो सङ्ख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् । अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको सङ्ख्या बढेको थियो । त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरूको जोड छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार