भोलीबाट भोजपुरमा अन्डर १६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता हुदै

भोजपुर । अन्डर १६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । भाद्र २७ गतेदेखि ३० गतेसम्म हुने उक्त प्रतियोगीतामा १४ विद्यालयहरुले सहभागीता जनाएका छन् ।

(आज) मंगलवार स्थानीय टुडिखेलमा भएको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको पहिलो दिन २७ गते ६ वटा खेल २८ गते दिन ४ वटा खेल २९ गते २ वटा खेल र ३० गते फाईनल खेल हुने जिल्ला पलुटवल संघ भोजपुरका कोच विनम श्रेष्ठले बनकारी दिए ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा भएको उक्त प्रतियोगिता हुन लागेको बिहानी फुटबल क्लबका अध्यक्ष रिपेश भुजेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद २० हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार