भोजपुर जिल्लामा कांग्रेसले थाल्यो वडा सम्मेलन

भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले वडा तहको सम्मेलन शुरु गरेको छ । पार्टी सुदृढीकरणका लागि कांग्रेसले वडा सम्मेलन सुरु गरेको हो । नेपाली कांग्रेसले संगठन विस्तार अभियान अन्तर्गत वडा सम्मेलन गरिरहेको कांग्रेस जिल्ला कार्य समितिका सहसचिव कर्णबहादुर मोक्तानले बताउनुभयो । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल ८१ वटा वडाहरु छन् ।

टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २, छिनामखुको पनि वडा सम्मेलन सकिएको छ । नेपाली कांग्रेसको निर्देशन तथा बिद्यान अनुसार वडा सम्मेलन भएका गाउँपालिकाका लागि खटाईएका संयोजक तथा महासमिति सदस्य हेमन्त मुकारुङले बताउनुभयो । वडा सम्मेलनमा कांग्रेसको संगठन विस्तार, अहिले सम्मको समीक्षा र आगामी कार्यदिशाको बिषयमा पनि छलफल हुने संयोजक मुकारुङको भनाई रहेको छ ।
वडा सम्मेलनले क्रियाशिल सदस्यता परिचय पत्र र नयाँ क्रियाशिल सदस्यता फारम माग गर्ने, महिनाको पहिलो शनिवार नियमित बैठक गर्ने र नजिकिदै गरेको चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ । वडा सभापति बिष्णु पोख्रेल, पार्टी जिल्ला सदस्य जनक घले, प्रदेश ९क० क्षेत्रीय सभापति सरोज बस्नेत, गाउँ सभापति बिनोद राईलगायतको नेताहरुको समेत उपस्थितीमा वडा सम्मेलन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार