जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्यो गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक

भोजपुर । जिल्ला प्रहरी कायालय भोजपुरले गुनासो व्यवस्थापनको लागि क्युआर कोड सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्बन्धी कार्यविधि–२०८० अनुसार भोजपुरमा पनि क्युआर कोड सार्वजनिक भएको हो ।

प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढेको अवस्थामा प्रहरीलाई दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउन ल्याईएको नयाँ प्रविधिले अपराध न्युनीकरणमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

बिगतमा राख्ने गरिएको उजुरी पेटिकाको परिमार्जितरुपमा अहिलेको डिजिटल क्युआर कोड प्रयोगमा ल्याइएको पाठकको भनाई छ ।

सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिर मर्का कैफियत भएमा सिधै सिकायतका लागि क्युआर कोड प्रयोग गर्न सकिने जिल्ला प्रहरी कार्यालय भोजपुरा प्रहरी निरिक्षक विशाल लिम्वुले बताए ।

क्युआर कोड मार्फत सेवाग्राहीले सम्बन्धित जिल्ला प्रहरी प्रमुख समक्ष आफ्नो भनाई, गुनासा र उजुरी गर्न सक्ने छन । अहिले आएको प्रविधिको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रदेश प्रहरी कार्यालयले क्युआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली समेत खटाएको छ । नयाँ प्रबिधिको प्रभावकारीता हेरी यो सेवा जिल्ला प्रहरी कार्यालय मातहतका अन्य युनिटहरुमा समेत कार्यान्वयमा लागिने प्रहरीको भनाई छ ।https://www.youtube.com/watch?v=NUDGQmK2b_s&t=16s

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार