भोजपुरमा ज्येष्ठ नागरिक दिवसमा सन्देशमुलक पर्चा बाँड्दै भोजपुर प्रहरी

भोजपुर । जिल्ला प्रह्री कार्यालय भोजप्ुरले सन्देृशमुलक पर्चा बाँड्दै ज्येष्ठ नागरिक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा ‘माया, हेरचाह र सम्मानित व्यवहार, जेष्ठ नागरिकप्रति कृतज्ञता नै सभ्य र सुरक्षित समाजको आधार’ भन्ने मुल नाराका सन्देशमुलक पर्चा बाँड्दै दिवस मनाईएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव निरीक्षक सुरेश प्रसाद यादवको नेतृत्वको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नम्वर ६, ७ र ९ मा पुगी विभिन्न सन्देश मुलक पर्चा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक बिशाल लिम्बुले जानकारी दिए ।

लिम्वुका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सम्बन्धि पर्चा बितरण तथा सन्देशमुलक सामाग्रीहरु प्रसारण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार