किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा बहिरा आवासिय विद्यालयलाई गर्यो स्टेसनरी हस्तान्तरण

प्रमित सिप्तुङ्ग राई
भोजपुर । किरात राई पत्रकार संघ भोजपुरले १६ औं स्थापना दिवसको अवसरमा भोजपुर बहिरा आवासिय विद्यालयलाई स्टेसनरी हस्तान्तरण गरेको छ ।  देश व्यपिरुपमा स्थापना दिवस मनाउने क्रममा भोजपुरले पनि सामाग्री हस्तान्तरण गरी स्थापना दिवस मनाएको हो ।

फरक क्षमता भएको नानीबाबु हरु लाई एउटा सानो सहयोगले विद्यार्थीहरूको सिकाइमा इटा थप्न मदत पुग्छ भन्ने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरेको किरात राई पत्रकार संघ भोजपुरको अध्यक्ष प्रदीप चन्द्र राई ले बताए ।

किरात राई पत्रकार संघ भोजपुरले आफ्नो पहिचानको मुद्दा सगै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार