भोजपुरको षडानन्द नगरपालिकामा काग्रेसको नगर सम्मेलन सुरु

भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको नगर सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उद्घाटन  गरे ।

नगर सम्मेलनमा पार्टी सभापति तथा प्रदेश सांसद बिनोद बान्तवा, जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्र कार्य समिति, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, क्रियाशिल सदस्यसहितका नेता कार्यकर्ताको सहभागिता रहेको सम्मेलन संयोजक तथा पार्टी सचिव सफल किराँतले बताए ।

कांग्रेसले अहिले जिल्ला तहमा वडा तथा पालिका सम्मेलनहरु गर्दे आई रहेको छ । नगर सभापति भिम तामाङको सभापतित्वमा भएको सम्मेलनमा पार्टी सुदृढीकरण, सदस्यता, संगठन निर्माणलगायतका बिषयमा छलफल तथा अन्तरक्रिया हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार