भोजपुरमा कानुन मन्त्रालयको आयोजनामा प्रकोप जोखिम न्युनीकरण अन्तरक्रिया सम्पन्न

भोजपुर । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजनामा मंगलवार भोजपुरमा प्रकोप जोखिम क्षेत्रको नक्साङ्कन तथा बिकास निर्माण कार्यबाट हुने सम्भावित जोखिम न्युनीकरण सम्वन्धी अन्तरिक्रया कार्यक्रम गरिएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपालमा बिपद् जोखिमको अवस्था, प्राकृतिक प्रकोपबाट हुने घटनाहरु, बिपद् जोखिम तथा क्षति लगायतका बिषयहरुमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
प्रदेश सरकारको बिवद् ब्यवस्थापन कार्यकारी समितिका बिज्ञ सदस्य राम कुमार दाहाल, यस प्रसाद सुब्बाले प्रकोप जोखिम क्षेत्रको नक्साङ्कन र जोखिम न्युनीकरणका बिषयमा हुदै आएको कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रदेशका ८ जिल्लाहरुमा बिपद् सम्वन्धी कार्यक्रमहरु सम्पन्न भएको र प्रदेशका सवै स्थानीय तहहरुको जोखिम नक्साङ्कन गरी आगामी माघ २ गते प्रादेशिक प्रोफाइल तयार गर्ने लक्ष्य मन्त्रालयले राखेको मन्त्रालयका शाखा अधिकृत दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो । पूर्व योजनाहरु बनाउन पनि सजिलो हुने भएकाले प्रकोप क्षेत्रको नक्साङ्कन गर्न लागिएको न्यौपानेको भनाई रहेको छ ।
सोक्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले भोजपुरमा भएको बिपद् ब्यवस्थापन र गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा प्राकृतिक हिसावका जोखिमहरु हुने गरेको बताउँदै प्रजिअ घिमिरेले स्थानीय स्तरबाट मात्र राहतको ब्यवस्था गर्न नसकिने भएकाले संघीय र प्रदेश सरकारलाई सिफारिस गर्ने गरिएको बताउनुभयो ।
बिगतमा आएको बर्षातका कारण जिल्ला तहमा सडक, सिचाई, खानेपानीका साथै धानबालीहरुमा समेत क्षति पुगेको प्रजिअ घिमिरेले बताउनुभयो ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सुचना प्रबिधि अधिकृत, कार्यालय प्रमुखहरु, नागरिक समाज, उद्योग बाणिज्य संघ, पत्रकार लगायतको अन्तरक्रिया कार्यक्रममा सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार