प्रध्यापकहरुले गरे भोजपुर वहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

भोजपुर । भोजपुर वहुमुखी क्याम्पस भोजपुरमा कार्यरत प्रध्यापक र कर्मचारीहरुले तलव नपाएको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रवार प्रजातन्त्रवादी प्रध्यापक संघ र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले पुन अर्को विज्ञाप्ती जारी गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसमा कार्यरत प्रध्यापक र कर्मचारीहरुको तलव क्याम्पसले नदिएको भन्दै प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् । प्रजातन्त्रवादी प्रध्यापक संघ इकाई समिति भोजपुरका सभापति वेनुबहादुर कार्की र नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सदस्य डा. पर्वत कुमार राईको संयुक्र हस्तक्षेरित विज्ञनप्ती असोज २३ गते क्याम्पस प्रखुलाई वुझाए पनि प्रमुखले पुर्ण रुपमा माग सम्वोधन गर्न र संवाद गर्न समेत उदासिन रहेका कारण दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको विज्ञाप्तीमा उल्लेख गरेका छन् ।

क्याम्पस प्रमुखले उल्टै संघ र संगठनले राखेका माग पुरा गरिसकेको भ्रम पुर्ण हल्ला फिजाई पुन भ्रम सृजन गर्ने प्रयास गरेकोे वेनुबहादुर कार्की र डा. पर्वत कुमार राईको संयुक्र हस्तक्षेरित विज्ञाप्तीमा भनिएको छ ।

विज्ञाप्ती जारी गर्दै आफुहरुले राखेका माग पुरा नभएसम्म प्रमुखको कार्यकक्षमा ताला नखोलिने बताउदै यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जवाफदेही क्याम्पस प्रमुख स्वायम हुने उल्लेख गरेका छन् ।

यता क्याम्पस प्रमुखको कार्यकक्षमा प्रध्यापकहरुले लगाएको ताला प्रहरी प्रशासनको सहयोगमा दिउसै ताला तोडिएको छ । क्याम्पस्को दैनिक रुपमा गर्नु पर्ने प्रशासनिक काम गर्न र परिक्षा संचालन गर्न ताला तोडी प्रशासनिक काम गरिएको क्याम्पस प्रमुख भुलनाथ राईले बताए ।

उनले क्याम्पसमा कार्यरत प्रध्यापक र कर्मचारीहरुको दशै भत्ता वाहेको तलव निकासा समेत दिइ सकेको बताएका छन् । प्रध्यापक र कर्मचारीको वाँकी रहेको तलव भत्ता त्रिवी केन्द्रिय कायालयले नपठाएका कारण दिन नसकेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार