नेपाल तरुण दलको ७१ औँ स्थापना दिवस भोजपुरमा पनि मनाइयाे

भोजपुर । नेपाल तरुण दलको ७१ औँ स्थापना दिवस भोजपुरमा पनि मनाइएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति भोजपुरको आयोजनामा तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरी दिवस मनाईएको हो ।

तरुण दलले आयोजना गरेको उक्त शुभकामना आदनप्रदान कार्यक्रममा प्रमुख अतिथी रहेका तरुणदल पुर्व अध्यक्ष, नेपाली कांग्रेस कोशि प्रदेश समिति सदस्य, महादिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले तरुण दलले देश भरीका युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने आबश्यकता रहेको बताए ।

अहिले पुराना पार्टीहरु प्रति अविश्वास बढिरहेका वेला पार्टीको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भुमिका खेल्नु पर्ने बताए ।

तरुण दलका जिल्ला अध्यक्ष ज्योती पौडेलको अध्यक्षतमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा संस्थापक सचिव, महादिवेशन प्रतिनिधी तथा  हेमन्त मुकारुङ, नेपाल तरुण दलका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई लगायतका नेताहरुले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

साथै कार्यक्रममा महादिवेशन प्रतिनिधी गोपाल मोक्तान, रोति विश्वकर्मा, नेपाली कांग्रेस जिल्ला कार्य समिति उप सभापति डम्वर श्रेष्ठ, सचिव शफल किरात, सह सचिव कर्ण मोक्तान, कोशि प्रदेश समिति सदस्य निर्मला खड्का, तरुणदल केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, जनक घले, शमिर मोक्तान, पुर्व क्षेत्रिय सभापति पुष्प वैधे, प्रजातन्त्रवादी प्रध्यापक संघ भोजपुरका सभापति वेनु वहादुर कार्की लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं.२०१० कात्तिक १० गते स्थापना भएको नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका संस्थापक अध्यक्ष सिंहध्वज खड्का हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार