भोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता आजवाट सुरु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता आज (शनिवार) बाट सुरु भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका हुन् ।

छिनामखु युवा समाजको आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम सहभागी रहेका छन् भने महिला तर्फ ४ टिम सहभागी भएका छन् ।

उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार ११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिला तर्फ प्रथम हुने टिमले २५ हजार ५सय २५ र दोस्रो हुनेले १५ हजार १ सय १५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले बताए ।

आज भएको पहिलो प्रतियोगितामा कोदार फुटवल क्लव भोजपुर र नौलेगाउ विच भएको प्रतियोगितामा १ १ गोल गरी वरावरी खेलेका छन् । समय अभावका कारण समय थप गर्न नसकेको हुदा उक्त खेल भोली विहान ९ वजेबाट हुने छिनामखु युवा समाजका सचिव सायद श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार