प्रिन्सिपल हत्यामा संलग्न एक महिलासहित ६ जना पक्राउ

बारा । बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक (प्रिन्सिपल) रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको गरेको आरोपमा प्रहरीले अहिलेसम्म एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हिजो बारा कलैयाकै एकजना युवतीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्न रहेको आशंकामा अन्य पाँचजनालाई पनि पक्राउ गरिएको छ । पक्राउ परेकी युवती बोर्डिङ स्कुलकै पूर्वकर्मचारी रहेको र अन्य दुईजना पनि बोर्डिङ स्कुलकै कर्मचारी हुन् ।

बाँकी तीनजना भारतीय रहेको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए । मुख्य योजनाकारसहित ६ जना पक्राउ परेपछि सोधपुछका क्रममा स्वर्णकारको यसअघि पनि हत्याको प्रयास भएको खुलेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुईवटा मोटरसाइकलमा आएका चारजना अज्ञात व्यक्तिले कलैया मदर्सा टोलस्थित ग्रिन भ्याली बोर्डिङ स्कुलअगाडि ४ राउन्ड गोली हानेका थिए । गोली लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार