मलुवा सामुदायिक क्लबलाई एक गोल गर्दै भैसिपंख फाईनलमा प्रवेश

भोजपुर । छिनामखुमा जारी पुरुष तथा महिला फुटवल प्रतियोगितामा आज भएको महिला तर्फको खेलमा मलुवा सामुदायिक क्लब छिनामखुलाई हराउदै भैसिपंख फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ ।

उक्त खेलमा भैसीपङ्खाका खेलाडी नमुना राइले खेलको १३ औ मिनेटमा गरेको गोल नै निर्णयक गोल भएसंगै भैसीपंख प्रतियोगिताको फाइनलमा प्रबेश गरेको हो ।

भोली भने पहिलो खेल महिला तर्फको सेमिफाइनलको खेल छिनामखु युवा समाज र नागी फुटबल क्लब बिच बिहान १० बजे हुनेछ भने दोस्रो खेल पुरुष तर्फको सेमिफाइनलको खेल कोदार फुटबल क्लब र राइजिङ युथ क्लब दिक्तेल बिच दिउँसो १ बजे र दोस्रो खेल वादुङ्ला र देउराली फुटबल क्लब बिच हुने छ छिनामखु युवा समाजका सचिव सायद श्रेष्ठले जानकारी दिए ।

उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार ११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले ५० हजार ५ सय ५५ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै महिला तर्फ प्रथम हुने टिमले २५ हजार ५सय २५ र दोस्रो हुनेले १५ हजार १ सय १५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार