त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पेशल दाहालको टोलीले गर्यो भोजपुर क्याम्पसको अनुगमन

भोजपुर । त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. पेशल दाहालको टोलीले भोजपुर बहुमुखी क्याम्पसको अनुगमन गरेको छ । रजिस्ट्रार दाहालको टोली आईतवार सांझ भोजपुर सदरमुकाम आईपुगेको हो। टोलीलाई क्याम्पस परिवारको तर्फबाट होटल भिन्तुनामा भव्य स्वागत समेत गरिएको थियो भने सोमवार विहान भोजपुर बहुमुखी क्याम्पसको स्थलगत अवलोकन भ्रमण गरी क्याम्पसका शैक्षिक, प्रशासनिक र भौतिक समस्याहरुको बारेमा जानकारी लिने काम गरेका थिए ।

विशेषगरी त्रि.वि.केन्द्रीय कार्यलयको सहयोगमा ३ करोड ५० लाखमा निर्माण संपन्न हुन लागेको शैक्षिक भवनको अनुगमन गरेका हुन । भ्रमण टोलिका अन्य सद्स्यहरुमा परीक्षा नियन्त्रण कार्यालय नियन्त्रक पुष्पराज जोशी, धनकुटा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री होमबहादुर बस्नेत, पुर्वान्चल परिक्षा नियन्त्रक कार्यालयका सह नियन्त्रक डिल्लीराज प्रसाईं र रजिस्ट्रार कार्यलय प्रमुख नविन्द्र भण्डारीज्यु समेत अनुगमन टोलमिा भोजपुर आईपुगेको भोजपुर बहुमुखी क्याम्पस भोजपुरका क्याम्पस प्रमुख भुलनाग राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार