टेम्केमैयुङ गाउपालिकाले गर्यो जिल्ला कारागार भोजपुरलाई ४३ ईन्चको स्मार्ट टिभि हस्तान्तरण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागारलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ । विहिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सरोज बस्नेतले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला कारागार भोजपुरका जेलर जगनाथ गुरागाईलाई संयुक्तरुपमा टिभि हस्तान्तरण गरेका हुन । अध्यक्ष बस्नेतले ४३ ईन्चको स्मार्ट टेभि हस्तान्तरण गरेका हुन ।

टिभि पाए संगै कैदीबन्दी खुसी भएका छन् । स्मार्ट टिभिले थुनुवा तथा कैदीबन्दीलाई देशविदेशको समाचार तथा जानकारी पाउन सहज भएको चौकीदार भिमशेन राईले बताए । कैदीबन्दीलाई सूचना तथा सञ्चारको सहज पहँुच पुगोस भन्ने उद्देश्यले टिभि हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष बस्नेतको भनाई छ । स्मार्ट भिटी कारागार भित्र रहेका थुनुवा तथा कैदीबन्दीका लागि साक्षरता प्राप्त गर्ने औजार रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।

थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनसंगै ज्ञानगुणका कुरा सिक्न समेत सहज भएको प्रजिअ घिमिरेको भनाई छ । कार्यक्रममा जिल्ला अदालत भोजपुरका न्यायधीश मणिराम न्यौपाने, टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने, सहायक प्रजिअ राजु शर्मा, वडा नं।३ का वडा सचिव लिला पराजुली लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार