भोजपुरमा २७ र २८ गते हुने केपी ओलीको कार्यक्रम तालिका सार्वजनिक, यस्तो छ कार्यक्रम तालिका

भोजपुर । भोजपुरमा २७ र २८ गते हुने केपी ओलीको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ । नेकपा एमालेको झुलाघाट सुरु गेको समृद्धिका लागि सङ्कल्प यात्रा कार्यक्रममा भोजपुरमा २७ गते केपी ओली आर्य पुग्ने भएका छन् ।

केपी आृेली सहित करिव ३ सयको संख्यामा यात्रा गरिरहेको टोली १० वजेर ३० मिनेटमा भोजपुर र खोटाङको सिमाना रहेको चखेवा आईपुग्ने र स्वागत कमार्यक्रम गर्नै नेकपा एमाले जिल्ला कमिटि भोजपुरले जनाएको छ ।

उक्त सङ्कल्प यात्राका क्रममा भोजपुर आउने टोलीलाई भोजपुर नगगरपालिका ५,६,७,८,९,१० र १२ वडाका नेता तथा कार्यकर्ताको ५७ वटा घरमा बस्ने व्यवस्था मिलाइएको पत्रकार सम्मेलन मार्फत बताईएको छ ।

पार्टी अध्यक्ष ओलीबाट सो क्रममा जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै सम्बोधन, भोजपुर रैगशालाको उद्घाटन, धातु उद्योगीहरूसँग अन्तरक्रिया, सर्वदलीय माग पत्र बुझ्ने लगायतका कार्यक्रम हुने तालिका समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार