भोजपुर । भोजपुरमा पहिचानवादी पक्षधरहरुले राँके जुलुस निकालेको छ । सोमबार साँझ भोजपुरको मिनिमार्केट वाट निकालिएको राके जुलुस वैकरोडमा कोणसभामा परिनत भएको थियो ।
करीव १०० जना पहिचानवादी युवाहरुको सहभागितामा राँके जुलुस निकालिएको किरात राई यायोखा भोजपुरका कार्यबाहक अध्यक्ष विदुर राईले बताए ।
१७ फागुणमा प्रदेश नं.१ सरकारको प्रदेशसभाले प्रदेशको नाम कोसी प्रदेश राखेपछि प्रदेशभरी चरणवद्ध आन्दोलन गरिरहेको प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समितिले मंगलबार उदयपुरको घुर्मीबजारदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको छ ।










