भोजपुरमा ४ जना पहिचान पक्षधर प्रहरीको नियन्त्रणमा

भोजपुर । भोजपुरमा ५ जना पहिचानपक्षधरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशको नाम खारेज गरी पहिचानको आधारमा पुन नामंकन गर्न आन्दोलन गरिरहेका पहिचान पक्षधरहरुले नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोजेको भन्दै चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भोजपुरका सयुक्त संघर्ष समितिको संयोजक तथा किरात राई यायोखा भोजपुरका कार्यबहाक अध्यक्ष बिदुर राई, जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य मिना राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य पनन राई, जसपा नेपालका जिल्ला सदस्य दिनेश राईलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहर्ी कार्यालय भोजपुरले पहिचान पक्षधरहरुको वाकी कार्यक्रम के के छ भनी वुझ्ुन फोन मार्फत प्रहरी कार्यालय वोलाईएको तर उनीहरु नआएपछि सोधपुको लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्ष सुदिप राज पाठकले बताए । यता पहिचान पक्षधरहरुले भने पैहरी नियन्त्रणमा रहेका चारै जनालाई तत्काल छोड्न माग गरिरहेका छन् ।

उता खोटाङमा पनि यातायात बन्द गराउने ५ जना पक्राउ परेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत हलेसीमा ४ जना र नुनथलामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । हलेसीमा पूर्वसंस्कृतिमन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् ।

नुनथलामा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ पक्राउ परेको प्रदेश १ पुनःनामांकन संघर्ष समिति खोटाङका संयोजक युगसन किरातीले बताए ।
यता भोजपुरमा भने कतै पनि स्थानमा यातायात अवरुद्ध नभएको र सुरक्षा व्यवस्था कडा बनाइएको डिएसपी सुदिपराज पाठकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार