देशलाई समृद्ध वाटोमा एमालेले मात्र दोर्याउन सक्छ : ओली

भोजपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध वाटोमा एमालेले मात्र दोर्याउन सक्ने बताएका छन् । झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत भोजपुर आईपुगेका ओलीले भोजपुरे जनतालार्य जन भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । ओलीले एमाले नेत्रित्वको सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको समेत बताएका छन् ।

आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएर काम गरेको बताउदै अहिलेको सरकारले जनताको हितमा भन्दा पनि आफ्नो स्वार्थमा काम गरिरहेको ओलीले बताए । उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनु पर्नेमा झन झन ओरालो गलेको दावी गरेका छन् । देशमा विकासको काम अहिले ठप्प रहेको बताउँदै “यस्तो अवस्था बदल्नको लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका हौ ।” अध्यक्ष ओलीले भने ।

मंसिर १४ गतेबाट सुरु भएको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प अभियान अन्तर्गत १४ दिनमा भोजपुर आईपुगेका हुन् । एमालेले यस अभियानले देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने दावी समेत गरे । ओली लगायतका जव्वो टोलीलाई नेपता एमाले जिल्ला कमिटि भोजपुरले खोटाङ र भोजपुरको सिमानामा भव्य स्वागत गरेको थियो । चखेवा पनि टेम्केमैयङ गाउँपालिकाको केन्द्र अन्नपुर्णमा जनता नेता तथा कार्यकर्तासंग गनभेटघाट संगै छोटो सम्वोधन पछि भोजपुर आइ भोजपुर नगरपालिकाको सभाहलमा सम्वोधन गरेका थिए ।

अध्यक्ष ओली सहितको टोली आज भोजपुरको पौवादुङमा र अरुण गाउँपालिकामा भेटघाट कार्यक्रम गरी आजै धनकुटा धनकुटा प्रस्थान गर्ने छ । एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार