गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीमा धनमाया स्फुटकाव्य विमोचन

भोजपुर । गुरु षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा धनमाया स्फुटकाव्य विमोचन हुने भएको छ । जन्म जयन्ती कार्यक्रममा सार्दुल विक्रिडीत छन्दमा हेमराज गुरागाँईद्धारा लिखित धनमाया स्फुटकाव्य विमोचन गर्ने भएको छ ।

कार्यक्रममा वोधन दर्जी र धनमाया दमिनीको सन्ततीहरुद्धारा निर्मित धनमाया प्रतिठानद्धारा प्रकाशित हेमराज गुरागाँई (भावुक) को धनमाया स्फुटकाव्यको विमोचन हुने भएको हो ।

षडानन्द अधिकारी सानैमा टुहुरो भएको कारण पालन–पोषण संगै आमाको दुध नआउँदा वोधन दर्जीको श्रीमती धनमाया दमाईले दुध चुसाएर अधिकारीलाई हुर्काउन सहयोग गरेका थिए ।

ब्राम्हणको छोरा पढेर सेवा गर्नु भनी पढ्नको लागि समेत प्रोत्साहन दिएकी धनमाया दमिनीको नाममा धनमाया स्फुटकाव्य विमोचन हुने धनमाया प्रतिष्ठानका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिएका छन् ।

१०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्ती षडानन्द माध्यमिक विद्यालयको खेल मैदान नारायण चौरमा विविध कार्यक्रम सहित पौष १ गते आयोजना हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार