भोजपुर आँखा अस्पतालमा भएको निशुल्क शिविरमा एक सय ९२ को उचार ५० को शल्यक्रिया

भोजपुर । भोजपुरको टक्सारमा रहेको आँखा अस्पतालमा आज भएको आँखा शिविरबाट एक सय ९२ जनाले आखाको उपचार पाएका छन् । नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पताल, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना र सि.बि.एमको सहयोगमा संचालन भएको ३ दिने आँखा शिविरको पहिलो दिन (सोिमवार) ५० जनाको आखाको निशुल्क शल्यक्रिया समेत भएको छ ।
आँखाको सामान्य शल्यक्रिया गर्न समय र पैसा खर्चेर धरान विराटनगर जानु पर्ने समस्याको समाधान शिविरले गरेको आँखाका रोगीहरुले बताउदै आप्mनै ठाउँमा ५० रुपैयाँमै आँखाको शल्यक्रिया गर्न पाउँदा बिरामीहरुले ठुलो राहत महशुस गरेका छन् ।

भोजपुरको पुरानो डवलीमा आयोजना गरिएको ३ दिने शिविरमा ५ देखि ९४ वर्ष सम्मका बिरामीको आँखा जाँच तथा शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिए । शिविर भोली र पर्सी पनि संचालन हुने नेत्रज्योती संघ भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार