भोजपुरमा अनेरास्ववियूले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीता आयोजना गर्दै

भोजपुर । भोजपुरमा अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी यूनियन भोजपुरले प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । कोशी प्रदेशमा रहेका क्याम्पसहरुको सहभागिता हुने गरी भोजपुर बहुमुखी क्याम्पसमा उक्त बक्तृत्वकला तथा सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो ।

नेकपा एकीकृत समाजवादी निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटि भोजपुरको आयोजनामा आगामी पौष ८ गते प्रदेश स्तरीय ‘युवा बिद्यार्थी पलायन ः परिस्थिती र परिवर्तनको बाटो’ बिषयक बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रकाश सिं राईले जानकारी दिए । केन्द्रिय अध्यक्ष आरती लामाको उपस्थितीमा बक्तृत्वकला तथा सांगीतिक कार्यक्रम हुन लागेको हो ।

बक्तृत्वकलासँगै गायक डम्बर नेपालीको सांगीतिक प्रस्तुती समेत रहने छ । कोशी प्रदेशमा रहेका क्याम्पसहरुलाई प्रतियोगितामा भाग लिनका लागि आह्रवान गरिएको बताउँदै पत्रकार सम्मेलनमा जिल्ला कमिटि अध्यक्ष राईले बक्तृत्वकलामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजारका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

प्रतियोगिताको निर्णायकहरुमा प्राध्यापकहरु डा. पर्वत कुमार राई, खगेन्द्र राई, बेनु बहादुर कार्की र नरेश रोकायालाई राखिएको छ । पत्रकार सम्मेलनमा युवा संघ नेपालका स्थायी कमिटि सदस्य सन्दिप राई लगायतको पनि सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार