इलाका प्रशासन कार्यालय दिङलाका प्रमुख अधिकारीले घरमै पुगेर दिए नागरिकता

भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. का हजुरमान विश्वकर्मालाई घरमै पुगेर नागरिक्ता प्रदान गरिएको
छ ।

नागरिकता लिनबाट बञ्चित विश्वकर्मालाई इलाका प्रशासन कार्यालय दिङलाका प्रमुख बिनोद अधिकारी सहितको टोलीले शुक्रवार घरमै नागरिक्ता प्रदान गरेका हुन् ।

जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा शारीरिक असक्तताको कारणले इलाका प्रशासन कार्यालय दिङलासम्म पुगेर नागरिकता लिन नसक्ने भएपछि इलाका प्रशासनका कार्यालय दिङलाका प्रमुख बिनोद अधिकारी सहितको टोलीले हजुरमानलाई ०९–०२–८०–०१०१७ नम्बर भएको नागरिकता प्रदान गरेको छ ।

२०१० साल फागुन २२ गते जन्म रहेका हजुरमानले ७० वर्षको उमेरमा घरमै पुगेर नागरिकता पाएपछि खुशी महशुस गर्नु भएको छ । नागरिकता लिनबाट बञ्चित पालिकाका नागरिकलाई सम्बन्धित वडाको समन्वयमा नागरिकता बनाउन सहयोग हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार