भोजपुर नगरपालिका ५ वोखिममा नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन

भोजपुुर । भोजपुर नगरपालिका वडा नं. ५ वोखिममा निर्माण भएको स्वास्थ्य चौकी उद्घाटन भएको छ । उत्तम बुद्ध निर्माण सेवा काठ्माडौँले ५८ लाख ८६ हजार एक सय पचास रुपैँयामा भवन निर्माण कार्य सम्पन्न भएपछि भोजपुर नगरपालिकाका प्रमुख मेयर कैलाश कमार आलेले एक कार्यक्रमका विच विहिवार भवन उद्घाटन गरेका हुनु ।

भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मेयर आलेले भवन भनिनु मात्र ठुलो कुरा होईन भन्दै यहाँबाट दिने सेवा ठुलो रहेको बताएका छन् । उनले भने “भवन निर्माण हुनु मात्र ठुलो कुरा होईन भवन भने पछि यँहावाट दिईने सेवा चै ठुलो हो त्यसैले यहाँ आएका विरामीहरुले सहज उपचार सेवा पाउनु पर्छ ।” भोजपुर नगरपालिकाको १२ वटै वडामा रहेको स्वास्थ्य चौकीमावर्थिङ सेन्टर सुरु गर्ने तयारीमा रहेको आलेले बताए । वर्थिङ सेन्टर सेवा सन्चालनका लागि आव्श्यक सामग्री व्यावस्थापन गरी अर्को आर्थिक वर्षबाट सेवा सन्चालन गर्ने बताएका छन् ।

यस्तै भवन उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका भोजपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष फविन्द्र प्रधानले स्वास्थ्य चौकी भई उपचारमा सहज हुने बताउदै अव वडा कार्यालय भवन जिर्न अवस्थामा रहेकाले वडाको भवन निर्माणमा गर्न नगरर प्रमुख कैलाश कुमार आलेलाई माग राखेका छन् । हाल कामकाज भैरहेको वडा कार्यालय जिर्ण रहेको र सामान्य भुकम्प आउदा पनि भत्कीने अवस्थामा रहेको भवन जती सक्दो चाडो भवन निर्माणका लागि बजेट विनियोजन गर्न लागदिन मेयर आलेलाई आग्रह गरेका छन् ।

भवन उद्घाटन कार्यक्रममा भवन निर्माण गर्न जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई सम्मान समेत गरिएको छ । भवन निर्माणका लागि चार राेपनी जग्गा प्रदान गर्ने जग्गादाता काजीराम राई र मनीका राईलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिको थियो । यस्तै हेल्थपोष्टका पुर्व इन्र्चाज दान बहादुर तामाङलाई दोसल्ला ओढाई सम्मान गरिएको स्वास्थ्य चौकी इन्चार्ज हिराराज फुयालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार