कुटपिटमा संलग्नलाई कारवाही गर्न माग

All-focus
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको अरुण माध्यामिक बिद्यालय दिङलामा कार्यरत शिक्षक नीलबहादुर चौहान माथि मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएको भन्दै जिल्लाका तीन वटा संस्थाले संयुक्त बिज्ञप्ती प्रकाशित गर्दे दोषी माथि कारवाहीको माग गरेको छ ।
नेपाल शिक्षक संघ षडानन्द नगर समितिका सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस भोजपुरका उपाध्यक्ष चौहान माथि पौष ७ गते नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति र जिल्ला समितिको निर्देशन अनुसार अरुण माविमा कक्षा संचालन गरी बजार भर्नेक्रममा सामान्य भनाभन भएकै कारण षडानन्द नगरपालिका ४ का पवन राईले बिना कारण कुटपिट गरेको भन्दै नेपाल शिक्षक संघ षडानन्द नगर समिति, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति र नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिले बिहिवार बिज्ञप्ती प्रकाशित गर्दे घटनाको छानविन गरी दोषी माथि कारवाहीको माग गरेको हो ।
शिक्षक चौहानको हाल बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको भन्दै बिज्ञप्तीमा भनिएको छ, “नागरिकको बाँच्न पाउने मौलिक हक र कानुनी शासनको खिल्ली उडाएको अनुभुति भएको छ, तसर्थ दोषीउपर छानबिन गरी कडा कानुनी करवाही गर्न र घाइतेको उपचार तथा क्षतिपूर्तिको लागि तत्काल कदम चाल्न स्थानीय प्रशासन तथा प्रहरी समक्ष जोडदार माग गर्दछौ ।” शिक्षक संगठनहरुको छाता संगठन नेपाल शिक्षक महासंघ भोजपुरलाई घटनाका सम्वन्धमा आफनो आधिकारिक धारणा सार्वजनिक गर्न तथा पीडित शिक्षकको न्यायका लागि उचित पहल गर्न आग्रह गर्दछौ ।
शिक्षक संघ नगर समिति अध्यक्ष मधुसुदन भट्टराई, जिल्ला समिति अध्यक्ष ज्ञानराज खुलाल र ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष मनोज कोइरालाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ । दोषी माथि कारवाही नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत बिज्ञप्तीमा दिईएको
छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार