अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव भव्यताका साथ सम्पन्न

भोजपुर । षडानन्द नगरपालिका वडा नं। ७ मा पर्ने अरुण माध्यमिक विद्यालयको हिरक महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयको ६० औं बर्षगाँठको अवसरमा पौष १६ गतेखि १७ गतेसम्म सञ्चालन भएको दुईदिने महोत्सव आज मंगलबार विविध कार्यक्रम सहित सम्पन्न भएको हो ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासको प्रमुख आतिथ्य तथा षडानन्द नगरपालिकाकै उपप्रमुख प्रमिला राईको विशेष आतिथ्य महोत्सव सम्पन्न भएको हो । विद्यालयको महोत्सवमा अन्तर विद्यालय स्तरीय हिसाव दौड, लोक नृत्य, वक्तित्वकला साथै विभिन्न अन्य खेलहरुको आयोजना गरि कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले भने शिक्षालाई नगर क्षेत्रमा गुणस्तरीय बनाउनको लागि हाम्रो तर्फबाट प्रयाश भईरहेको छ सबैले आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पुर्णरुपमा निर्भाह गर्नु पर्ने छ । सबैले आफ्नो जिम्मेवारी कर्तव्यनिष्ट भएर पुरा गर्दा शिक्षाको गुणस्तरमा सुधार हुने नगरप्रमुख उदासले बताए ।

कार्यक्रममा हीरक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक सञ्जिव न्यौपानेले स्थापना कालदेखि हालसम्म विद्यालयलाई यो स्थानसम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने अगुवा एवम् महानुभावहरुप्रति धन्यवाद व्यक्त गरे। प्रधानाध्यापक न्यौपानेले विद्यालयको ईतिहास र वर्तमानको अवस्थाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

हीरक महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न अक्षयकोष दाता चक्र बहादुर बस्नेत र हिरा बुढाथोकीलाई सम्मान पत्रद्धारा सम्मान गरेको छ । त्यस्तै पूर्व शिक्षकहरु रविन्द्र अधिकारी, भद्र मगर र कर्मचारी दुर्गा भुजेललाई स्वर्ण पदकद्धारा सम्मान गरिएको छ भने प्रेम कुमार खड्का र केदार लम्साललाई सम्मान पत्रद्धारा सम्मान गरेको छ । त्यस्तै विद्यालयका शिक्षक डा। निल बहादुर चौहान अभिनन्द पत्रद्धारा अभिनन्दित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार