तीन लाख पुरस्कार राशीको ‘पौवादुङमा गोल्ड कप’ माघ १ गतेबाट हुने

भोजपुर । भोजपुरको पुर्वी पौवादुङ्मा गाउँपालिकामा माघि मेलासंगै कोशी प्रदेश अन्तरपालिका स्तरिय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा माघ १ गतेबाट ९ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता सञ्चालनका विषयमा बुधबार गाउँपालिका केन्द्र च्याङ्ग्रेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

फिफा तथा एन्फासँगै आयोजकको नियम अनुसार पौवादुङमा गाउँपालिकाको रंगाशालामा प्रतियोगिता सञ्चालन हुने पत्रकारसम्मलेन मार्फत जानकारी दिइएकोे छ । प्रतियोगितामा विदेशी तथा अन्य पालिका र जिल्लाका खेलाडीहरुलेसमेत सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद २ लाख मेडल र प्रमाण पाउने पौवादुङमा गोल्ड कप तथा माघिमेला कार्यक्रम –२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ आयोजकसहित १६ टिम र महिला तर्फ आयोजकसहित आठ टिम मात्र सहभागिता जनाउन पाउने अध्यक्ष आलेको भनाइ छ ।

प्रतियोगिताका लागि सूरुमा दर्ता हुने १५ टिमले मात्र खेलमा सहभागी हुन पाृने छन् । यदि आयोजक सहित १६ टिम भन्दा माथी सहभागी हुन आएमा आयोजक सहित सुुरुमा दर्ता भएका १६ टिम लाई सहभागी गराई अन्य टिमलाईखेलमा सहभागी गराउन नसक्ने अध्यक्ष आलेले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई जनहि पाँच हजारका साथमा ट्रफि र उत्कृष्ट खेलाडीले नगद १५ हजार साथमा ट्रफि दिइने आयोजक समितिका सचिव देउमान राईले पत्रकारसम्मेलनमा जानकारी दिए । त्यस्तै महिला तर्फ प्रथम हुनेले नगद ६० हजार, द्धितिय नगद ४० हजारसहित प्रमाण पाउने जनाइएको छ ।

खेल क्षेत्रको विकाससँगै युवा, बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ । “गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले पौवादुङमा गोल्ड कप सञ्चालन गर्न लागेका छौँ”अध्यक्ष राईले भने,“प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।” प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

गाउँपलिकाले पत्रुखानाको खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाउदै स्थानीय स्तरमा उत्पादन भएका परिकारलाई प्रोत्शाहन तथा पबद्र्धन गर्ने लक्ष्यका साथ निर्णय गरे र अघि बढेको अधिकृत भट्टराईको भनाई छ । ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिताले वाह्य तथा आन्तरिक पर्यटक भित्रिने स्थानीय समाजसेवी मनोज कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार