षडानन्द नगरपालिकाको सभाहल निर्माण कार्यमा चरम लार्पाबाही, तुरुन्त सुधार्न वडाध्यक्षको निर्देशन

भोजपुर । षडानन्द नगरपालिकाको सभाहल निर्माण कार्यमा चरम लार्पाबाही भएको पाईएको छ । नगरपालिकाको सभा हल वडा नं. ७ गडिगाउँमा निर्माण भईरहेको छ तर गुणस्तरीय कार्य नभएको पाएपछि वडा नं. ७ का वडाध्यक्ष दिपेश विष्टले अनुगमनको क्रममा गुणस्तरहिन कार्य भएकोले तत्काल सुधार्न निर्देशन दिएका छन् ।

निर्माण कार्यमा प्राविधिक स्टिमेट अनुसार काम नभएको साथै प्राविधिकले दिएको सुझावलाई समेत अटेर गरेर गुणस्तर हिन काम गरेको प्राविधिकले बताएको छ । प्राविधिक स्टिमेट अनुसार बिममा १२ एमएमको रट लगाउनुपर्ने छ तर निर्माण पक्षले १० एमएमको रट प्रयोग गरेको पाईएको छ । साथै बिममा निर्माको क्रममा लगाईने चुरी ६ ईन्चमा राखिनु पर्नेमा ९ ईन्च भन्दा फरक दुरीमा राखिएको पाईएको छ । यसलाई तुरुन्त सुधार गरेर निर्माण गर्न वडा नंं ७ का वडाध्यक्ष दिपेश विष्टले सुझाव दिएका छन् ।

जनताको काम गर्न आएको हो जनहितमा भएको कार्यको गुणस्तरमा कुनै खोट हुनु हुँदैन त्यसैले तुरुन्त सुधार गर्न निर्देशन दिएका छन् । नगरपालिकाको बजेटमा असार मसान्तसम्म सक्ने गरि अनलाईट विल्र्डस काठमान्डौं–१४ ले निर्माणको लागि भ्याट बाहेक १ करोड १८ लाखमा निर्माणको ठेक्का पारेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि तेज श्रेष्ठले भने हाम्रो कम्पनीले ठेक्का पारेको हो तर हामिले पुर्ण रुपमा पेटि ठेक्का राकेश तामाङलाई दिएका छौं । सामग्री हाम्रो हो तर निर्माण कार्यको जिम्मा भने राकेश तामाङलाई दिएका छौं ।

तर निर्माण पक्षबाट भएको गल्तिलाई हामि स्वीकारछौं काम गर्ने क्रममा गल्ति भयो यसलाई सुधारेर गुणस्तरीय काम गरेर मात्रै भुक्तानी लिने निर्माण पक्षको भनाई छ । काम गर्दा कामदारको लर्पाबाहीले पनि हुन्छ ठेकेदार पक्षको पनि हुन्छ साथै प्राविधिक पक्षमा पनि हुन्छ तर जसको गल्ति भएपनि हामी सुधारेर निर्माण कार्यलाई अगाडी बढाउने निर्माण पक्षका प्रतिनिधिले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार