भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगीता हुदै

भोजपुर । भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन, जिल्ला खेलकुद समितिको आयोजना तथा जिल्ला भलिवल संघ भोजपुरको प्राविधिक सहयोगमा माघ ९ गतेबाट भलिवल प्रतियोगीता हुन लागेको हो ।

खेल माघ ९ गतेबाट १२ गते सम्म भोजपुरको स्थानीय टुडिखेलमा संचालन हुने पत्रकार सम्मेलन मार्फत बताईएको छ । प्रतियोगितामा क्रमश प्रथम, दोस्रो र सेमी फाईनलमा पुग्ने टिमलो एक लाख, ५० हजार र २५÷२५ हजार सहित मेडल र प्रमाणपत्र पाउने खेल संयोजक संग्राम किरातले बताए ।

प्रतियोतिमामा सर्वोकृष्ट खेलाडीलाई नगत १० हजार, उत्कृष्ट स्पाईकरलाई ४ हजार, उत्कृष्ट सेटरलाई ४ हजार, उत्कृष्ट लिभेरो ४ हजार, उत्कृष्ट सर्वर ४ हजार र उत्कृष्ट प्रशिक्षक ४ हजार प्रदान गरिने किरातीले बताए ।

प्रतियोगीताका लागि भोजपुर नगरपालिकाले नगत ५ लाख विनियोजन गरेको छ भने खेलमा करिव साढे ६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेलमा सहभागी हुन परिचय खुल्ने कागज ल्याउनु पर्ने छ । जसमा नागरिक्ता वा मतदाता नामवली परिचय पत्रमा भएको उल्लेखित ठेगानालाई मात्र मान्यता दिने बताईएको छ ।

उक्त प्रतियोगितामा १० टिमले मात्र सहभागी हुन पाउनेछन् भने सहभागी टिमलाई यातायात खर्च बापत प्रति टिम १० हजारका दरले प्रदान गरिने जिल्ला खेलकुद समितिका सचिव गेल्जेन शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार