भोजपुरको हतुवागडीमा भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले गराए स्वास्थ्य परीक्षण

भोजपुर । भोजपुरको हतुवागडीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय वढिले स्वास्थ्य परीक्षण गराएका छन् । नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा भएको एक दिने शिविरमा ७ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरका संयोजक जनक घलेले बताए । शिविरमा ४ सय २८ र महिला ३ सय ६६ जना गरि ७ सय ९३ जनाले स्वास्थ्य शिविरमा सेवा लिएका छन् ।

भोजपुर क्षेत्र नंन (ख) का सांसद विनोद वान्तावाको पहल तथा संंघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर आयोजना गरी स्वास्थ्य परिक्षण गरिएको प्रदेश सांसद विनोद बान्तवाले बताए ।

नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरका एम डी र एमविविएस गरी २३ जना चिकित्सक सहितको टोलीले जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग लगायतका बिभिन्न १३ वटा रोगको परीक्षण गरेका हुन् ।

शिविरमा स्वास्थ्य उपचारको सहज पहुँचबाट बञ्चित नागरिकहरुले स्थानीय स्तरमै धरान विराटनगरमा पाउने सेवा पाएपछि हर्सित भएका छन् । परिक्षणमा थप उपचार गर्न परेको विरामिहरुले नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगरमा निशुल्क उपचार पाउने गरी रेफर गरीएको सांसद विनोद वान्तावाले बताए । उनले भने “यस शिविरबाट रेफर भएका विरामीले नोवेल मेडिकल कलेज तथा टिचिङ अस्पताल विराटनगर निशुल्क उपचार गराउन पाउनेछन् ।”

आज हतुवागडि पछि भोली (मंगलबार) भोजपुरको दक्षिणी आमचोक गाउँपालिकाको केन्द्र वालाङ्खामा हुने विपिन निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार