दिङ्ला ब्याडमिन्टन संघद्धारा ब्याडमिन्टन प्रशिक्षण आजदेखि सुरु

भोजपुर । दिङ्ला ब्याडमिन्टन संघले आजबाट प्रशिक्षशण कार्यक्रम सुरु गरेको छ । संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सिनियर र जुनियरलाई आवश्यक पर्ने टेक्निकल साथै नयाँ खेलाडीहरुलाई आधारभुत प्रशिक्षण सहितको प्रशिक्षण प्रशिक्षक विशाल तामाङले दिने छन् । प्रशिक्षण कार्यक्रम दिङ्ला ब्याडमिन्टन कर्वडहलमा माघको ५ गते विहिबारदेखि सञ्चालन भएको हो ।

संघले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रशिक्षण कार्यक्रमको सुरु गरेको हो । यो प्रशिक्षणले अहिलेसम्म भोजपुरले ब्याडमिन्टबाट प्राप्त गरेका उपलब्धिहरुको शाख जोगाउन मद्दत गर्दछ । ब्याडमिन्टनमा छुट्टै पहिचान बनाउन सफल भोजपुर जिल्ला अझ दिङ्लामा यो तालिम हुँदा नयाँ खेलाडीहरु उत्पादन हुने कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताए । आफै पनि ब्याडमिन्टन खेलाडी हुँ हामीले खेल्दा यस्ता खालका प्रशिक्षण पाईएन, अवसर हुँदैन थियो तर म जिल्ला खेलकुदको अध्यक्ष भएदेखिनै नयाँ खेलाडीहरुको उत्पादन गर्नुपर्छ भन्ने योजना सहित अगाडी बडीरहेको समेत अध्यक्ष शेर्पाले बताए ।

धेरै लामो समयदेखि प्रशिक्षण गराउने योजना बनेको थियो तर सफल भएको थिएन यस बर्ष हामिले प्रशिक्षण कार्यक्रम कुनै पनि अवस्थामा गराउने गरि तयारी गरेका थियौं । हामी सफल भएका छौं प्रशिक्षण सुरु भएको छ यस तालिममा सहभागी भएर आफ्नो खेललाई, कला कौशललाई अझ विकसित गर्नुहोस । विशेष गरि नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको दिङ्ला ब्याडमिन्टन संघका अध्यक्ष नरेन्द्र तामाङले बताएका छन् ।

प्रशिक्षण बिहान ६ः३० बजेदेखि ८ र साँझ ४ः३० देखि ६ः०० बजेसम्म जुनियर तथा नयाँ खेलाडीहरुलाई प्रशिक्षण हुने छ । बिहान ८ बजेपश्चात र साँझ ६ः०० बजे पश्चात सिनियर खेलाडीहरुलाई प्रशिक्षण दिईने समय तालिका रहेको दिङ्ला ब्याडमिन्टन संघका सचिब लेखनाथ श्रेष्ठले जानकारी दिए । साथै कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले दिङ्ला ब्याडमिन्टन संघलाई खेलकुद समाग्री समेत हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार