प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान र्काक्रम सम्पन्न

भोजपुर  । प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान र्काक्रम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरले २६ औँ स्थापना दिवस अवसरमा नेपाल पत्रकार महासंघको तालिम हलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेर दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गर्दै बोल्ने वक्ताहरुले पत्रकारिताका पेसालाई व्यवसायिकसँगै निष्पक्ष, विस्वसनीय बनाउनमा जोड दिनु पर्ने धाराणा राखेका थिए ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा भोजपुरका अध्यक्ष मोहन दुरालको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एक्सन राईको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको विशेष अतिथिहरु नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम कार्की, नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, जिल्ला उपाध्यक्ष मक्कर खड्का, प्रेस युनियनका प्रदेश सदस्य निरोज कोईराला, प्रेस युनियन अध्यक्ष तथा पत्रकार महासंघका सचिव अर्जुन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार