टेम्केमैयुङको १५ औँ गाउँसभा सम्पन्न, तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न भएको छ । ‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’भन्ने मुल नाराका साथ मंगलबार गाउँससभा सम्पन्न भएको हो । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष रमादेवी राईले तीन करोड तीन लाख बरावरको वजेट प्रस्तुत गरिन। गाउँपालिकाको निर्णय अनुसार प्राथमिकताको आधारमा बजेट तयार गरिएको उपाध्यक्ष राईले जानकारी दिइन। गाउँसभामा गाउँपालिकाका सदस्यहरु बजेटको बारेमा आफ्नो धाराणा राखेका थिए ।

सीमित बजेट भएकाले आवश्यकता तथा प्राथमिकताको आधार बजेट तयार गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउए । बजेट अभावमा यसअघिका गाउँसभामा नसमेटिएका योजना तथा कार्यक्रमलाई समेट्न गरी बजेट विनियोजन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
गाउँसभाले विषयगत समितिबाट छनौट भएका तर बजेट अभावमा गाउँपालिकाबाट सञ्चालन हुन नसकेका १८ ओटा प्रस्तावित योजनाहरुलाई प्रदेश र संघिय सरकारमा आवश्यक बजेट व्यावस्थापनको लागि माग गर्ने निर्णयसमेत गरेको छ ।

सभाले नागी खावा पिङडाँडा पाचधारे कपासे सडक कालोपत्रे, सेतिबगर तिम्मा बाघखोर सडक कालोपत्र, ढल्केबर खेमचुङ पाङखाङ सिरान सडक निर्माण, भोजपुर बोखिम खाल्डे पाँचधारे सडक कालोपत्र, मुन्दुम पदमार्ग पूर्वाधार, पाँचधारे लेखर्क काभ्रे हुँदै हाङलुङटार सडक निर्माण योजनालाई केन्द्र तथा प्रदेश सरकारमा आवश्यक बजेटको लागि माग गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेले जानकारी दिए ।

त्यस्तै गोगने वडा कार्यालयदेखी अघेरी चौर हुँदै टेम्के पदमार्ग निर्माण, कोल्ड स्टोर निर्माण, नारदमुनी थुङलुङ पार्क निर्माण, भामला भुरुचोक सडक कालोपत्र, पाँचधारे बजार घर ठहरा निर्माण, स्वास्थ्य चौकी भवन निर्माण वडा नं ४, स्वास्थ्य चौकी भवन निर्माण वडा नं १, याङचुङटार रुमला वादुङला रिमचिम सडक निर्माण, रेम्बुक चोलन्ती मझौले सडक निर्माण कभर्ड हल निर्माण वडा नं ७ र कभर्ड हल निर्माण पाँचधारेलाई केन्द्र र संघ सरकारमा बजेट मागको लागि पठाउने निर्णय गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार