विश्वविद्यालयहरूको नेतृत्व प्रश्न नउठ्ने गरी नियुक्ति गर्नुपर्छ : गगन थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबन्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबन्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनै पनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरूको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए ।

‘सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्वहरू भागबन्डा नगरीकन विश्वविद्यालयको नेतृत्वको नियुक्ति गर्दाखेरि नै कुनै पनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा कुरा मात्रै हुन्छन् । हामीले यहाँ संसदबाट गर्ने काम र सरकारबाट गर्ने कामलाई आम नागरिकका सरोकारका विषयसँग जोड्न सक्छौँ कि सक्दैनौ ?,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार