भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेशस्तरिय भलिबल प्रतियोगिता शुरु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा कोशी प्रदेश अन्तर पालिकास्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न स्थानीय तहका आठ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।

उद्घाटनको दिन आयोजक जिल्ला खेलकुद विकास समिति र जनप्रतिनिधिको टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो। उक्त खेलमा खेलकुद विकास समितिले जनप्रतिनिधिको टोलीलाई २–० सेटले पराजित गरेको छ। त्यसअघि उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य विनोद बान्तवाले गरेका थिए। प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, मोरङको बेलवारी नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका तथा झापाको दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी रहेका आयोजक समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिए।

उक्र उद्घाटन कार्यक्रममा वोल्दै कोशी प्रदेश सभा सांसद विनोद वान्तावाले खेल क्षेत्रको विकासमा राज्य गम्भिर बन्नुपर्ने बताए । खेल क्षेत्रमा आफ्नो पहिचान बनाएका खेलाडीहरु पनि आर्थिक अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्था रहेको र अनुशासनहिनताले समाजको सन्तुलन विग्रदै गएको बताउर्दै सांसद राईले समुन्नत समाज विकासको लागि अनुशासनसँगै स्वास्थ्य राख्न खेलले टेवा पुग्ने धाराणा राखे । साथै उनले जिल्लाको विकासको लागि सवैले हातोमालो गरेर अघि बढ्नु पर्ने समेत बताए ।

यस्तै षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले खेल क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनु पर्ने बताए। खेललाई जीविकोपार्जनसँग जोड्दै खेलाडीहरुको बृद्धि विकासमा जोड दिनु पर्ने उनको भनाइ छ । खेल क्षेत्रको विकासमा नगरले पनि ध्यान दिँदै आएको बताउदै उहाँले केन्द्र र प्रदेश सरकारले खेलको योजनाबद्ध विकासमा ध्यान दिनु धाराणा राखे ।

बुधबारबाट शुरु भएको प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम बन्ने टिमले नगद रु। एक लाख ५० हजारको साथ ट्रफि मेडल र प्रमाण पत्र पाउने भने द्धितिय र तृतिय बन्ने टिमले प्रमाण पत्रको साथमा नगद रु। एक लाख र रु ५० हजार पाउने आयोजकाले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार